Kathmandu Press

दाङको दङ्गीशरण गाउँपालिकाको अध्यक्ष  र उपाध्यक्षमा कांग्रेसको जित

दाङ, जेठ ३ : दाङको दङ्गीशरण गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रस शम्मु गिरी र उपाध्यक्षमा पीमाकुमारी खड्काले विजय हासिल गरेका छन् । नवनिर्वाचित  गिरीले...
दाङको दङ्गीशरण गाउँपालिकाको अध्यक्ष  र उपाध्यक्षमा कांग्रेसको जित

दाङ, जेठ ३ : दाङको दङ्गीशरण गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रस शम्मु गिरी र उपाध्यक्षमा पीमाकुमारी खड्काले विजय हासिल गरेका छन् । नवनिर्वाचित  गिरीले पाँच हजार ७६७ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का मेघनाथ शाहले चार हजार ४९ मत प्राप्त गरे। 

नेकपा (माओवादी केन्द्र)का उम्मेदवार मनिराम चौधरीले एक हजार ७८३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालय दङ्गीशरणले जनाएको छ।

त्यस्तै उपाध्यक्षमा कांग्रेसका पीमाकुमारी खड्का चार हजार ७७९ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका बुधनी चौधरीले चार हजार ३११ र माओवादीका निर्मला चौधरीले एक हजार ८४६ मत प्राप्त गरे । खड्का गाउँपालिकाको निवर्तमान उपाध्यक्ष हुन्। यसअघि अध्यक्ष एमालेले जितेको थियो । कूल १८ हजार १०६ मतदाता रहेकामा १३ हजार ८७  अर्थात् ६६.७३ मत खसेको थियो ।

प्रकाशित मिति: ११:५६ बजे, मंगलबार, जेठ ३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्