Kathmandu Press

खप्तड छेडेदहको अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस विजयी

बाजुरा, जेठ ३ : बाजुराको खप्तड छेडेदह गाउँपालिका अध्यक्ष पदमा नेकपा (एमाले)का दिलबहादुर रावत तीन हजार ७४७ मत  प्राप्त गरी विजयी भएका छन्।यसैगरी...
खप्तड छेडेदहको अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस विजयी

बाजुरा, जेठ ३ : बाजुराको खप्तड छेडेदह गाउँपालिका अध्यक्ष पदमा नेकपा (एमाले)का दिलबहादुर रावत तीन हजार ७४७ मत  प्राप्त गरी विजयी भएका छन्।

यसैगरी उपाध्यक्षमा तीन हजार ६४२ मत प्राप्त गरी नेपाली कांग्रेसका विसुदेवी नाथ विजयी भएकी छन्। अध्यक्षका निकटम प्रतिस्पर्धी क्रमशः कांग्रेसका खड्कबहादुर बुढाले तीन हजार ५५८ र उपाध्यक्षमा एमालेका मनदेवि ओलीले तीन हजार ५९४ मत प्राप्त गरेका छन्।

सात वडा रहेको खप्तड छेडेदहमा पाँच वडामा कांग्रेस विजयी भएको छ भने दुई वडामा एमालेले जित हासिल गरेको छ।

कांग्रेसबाट वडा नं १ मा वीरबहादुर रावल, २ मा भक्तबहादुर बुढा, ३ मा विर्कबहादुर रावत, ५ मा जीतबहादुर रावत र ६ मा हर्क विष्ट विजयी भएका छन्। त्यस्तै एमालेबाट वडा नं ४ मा दलबहादुर धामी र वडा नं ७ मा खगेन्द्र हादुर रावतसहित सिङ्गो टिम विजयी भएको छ।

प्रकाशित मिति: ०७:४८ बजे, मंगलबार, जेठ ३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्