Kathmandu Press

कास्कीको अन्नपूर्णमा एमाले विजयी

पोखरा, जेठ ३ : कास्कीको अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन्।स्थानीय तह सदस्य निर्वाचन २०७९...
कास्कीको अन्नपूर्णमा एमाले विजयी

पोखरा, जेठ ३ : कास्कीको अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन्।

स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत मतगणनाको आज बिहान जारी अन्तिम परिणामअनुसार एमालेका विष्णुबहादुर केसीले नेपाली कांग्रेसका युवराज कुँवरलाई ७६३ मतान्तरले पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन्।

नव निर्वाचित केसीले ६ हजार ७२२ मत ल्याउँदा कुँवरले पाँच हजार ९५९ मत प्राप्त गरेका छन्। २०७४ को निर्वाचनमा केसी निर्वतमान गाउँपालिका अध्यक्ष कुँवरसँग पराजित भएका थिए।

उपाध्यक्षमा एमालेकै चन्द्रकला अधिकारी देवकोटाले ६ हजार ६०८ मतसहित विजयी भएकी छन्। उनका निकटम् प्रतिद्वन्द्वी कांग्रेसका खेमकुमारी गुरूङले ६ हजार १४ मत प्राप्त गरेका छन्।

अन्नपूर्णका ११ वटा वडामध्ये १, ३, ६, ७, ९ र ११ वडामा एमाले र २, ४, ५, ८ र १०  मा कांग्रेसले वडाध्यक्ष जितेको छ।

प्रकाशित मिति: ०७:३७ बजे, मंगलबार, जेठ ३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्