चाँगुनारायण ३ मा एमालेको प्यानलनै निर्वाचित
काठमाडौं, जेठ ३ : चाँगुनारायण नगरपालिका ३ मा नेकपा (एमाले) प्यानल नै निर्वाचित भएको छ।वडाअध्यक्षमा श्यामसुन्दर धिमालले अत्याधिक मत सहित विजयी भएका हुन्।...
काठमाडौं, जेठ ३ : चाँगुनारायण नगरपालिका-३ मा नेकपा (एमाले)काे प्यानल नै निर्वाचित भएको छ।
वडाअध्यक्षमा श्यामसुन्दर धिमालले अत्याधिक मत सहित विजयी भएका हुन्। उनी एक हजार ७८१ मत सहित दोस्रो पटक वडाध्यक्षमा निर्वाचित भएका छन्।
महिला वडा सदस्यतर्फ रमा थापाले पनि दोस्रो कार्यकाल सम्हाल्ने भएकी छन्। त्यस्तै, दलित महिला सदस्य सुष्मा सुनुवारको पनि दोस्रो कार्यकाल हो।
वडा सदस्यमा विष्णुप्रसाद न्यौपाने र शिवराम सुलु निर्वाचित भएका छन्।
प्रकाशित मिति: ०७:०९ बजे, मंगलबार, जेठ ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










