Kathmandu Press

महानगरमा दुई वडामा एकीकृत समाजवादी र एकमा स्वतन्त्र विजयी

काठमाडौं, जेठ २ : ललितपुर महानगरपालिकाका तीन वडाको मत परिणाम सार्वजनिक हुँदा दुई वटा वडामा नेकपा (एकीकृत समाजवादी) र एकमा स्वतन्त्र उम्मेदवार विजयी...
महानगरमा दुई वडामा एकीकृत समाजवादी र एकमा स्वतन्त्र विजयी

काठमाडौं, जेठ २ : ललितपुर महानगरपालिकाका तीन वडाको मत परिणाम सार्वजनिक हुँदा दुई वटा वडामा नेकपा (एकीकृत समाजवादी) र एकमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

वडा नं १ मा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार, २ मा नेकपा (एकीकृत समाजवादी) का राजेशकुमार महर्जन र ३ मा (एकीकृत समाजवादी) कै श्रीगोपाल महर्जन विजयी भए  ।

Hardik ivf

हाल ४, ५ र ६ को गणना जारी छ । हालसम्मको मत परिणामअनुसार महानगरको प्रमुखमा चिरीबाबु महर्जनको अग्रता कायम छ । महर्जनले चार हजार ७३० मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले एक हजार ७४४ मत ल्याए ।

उपप्रमुखमा नेकपा एमालेकी मञ्जली शाक्य (आस्था) ले दुई हजार १४६ मत ल्याएर अग्रता कायम राख्नुभएको छ । नेकपा माओवादीका बाबुराज शाक्यले एक हजार ५५४ मत ल्याए । 

प्रकाशित मिति: २०:३५ बजे, सोमबार, जेठ २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्