Kathmandu Press

शङ्खरापुरमा एकीकृत समाजवादीको अग्रता, दुइटा वडामा कांग्रेसको जित

काठमाडाैं, जेठ २ : शङ्खरापुर नगरपालिकाको नगरप्रमुख पदमा नेकपा एकीकृत समाजवादीका लक्ष्मीप्रसाद (एलपी) श्रेष्ठले अग्रता कायम गरेका छन।श्रेष्ठले दुई हजार ३१७ मत पाएको...
शङ्खरापुरमा एकीकृत समाजवादीको अग्रता, दुइटा वडामा कांग्रेसको जित

काठमाडाैं, जेठ २ : शङ्खरापुर नगरपालिकाको नगरप्रमुख पदमा नेकपा एकीकृत समाजवादीका लक्ष्मीप्रसाद (एलपी) श्रेष्ठले अग्रता कायम गरेका छन्।

श्रेष्ठले दुई हजार ३१७ मत पाएको नगर निर्वाचन कार्यालय जनाएको छ। उनलाई पछ्याउँदै नेकपा एमालेका कृष्णलाल बजगाइँले दुई हजार २७७ मत पाएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रमेश नापितले दुई हजार २४८ मत ल्याएका छन्। नेकपा माओवादी केन्द्रका मधु (नीरज) केसीले एक हजार ८५६ मत प्राप्त गरेका छन्।

जनता समाजवादी पार्टी (जसपा) का भुवन वाइवाले ५८ मत पाएका छन्।

नगर उपप्रमुखमा नेपाली कांग्रेसका समिता श्रेष्ठको अग्रता छ। उनले तीन हजार ४९४ मत पाएका छन्। उपप्रमुखमा नेकपा मोवादी केन्द्रका चण्डिका दङ्गालले एक हजार ७९२ मत पाएका छन्।

राप्रपाका विजयकुमारी वाइवाले एक हजार ७३२ मतका साथ प्रतिस्पर्धामा छन्। एमालेका लक्ष्मी केसीले एक हजार ७२६ मतका साथ पछ्याएका छन्। नगरपालिकामा हालसम्म ९ हजार ६७३ मतगणना भएको नगर निर्वाचन अधिकृत सीता निरौलाले जानकारी दिए।

वडा २ र ८ मा कांग्रेस विजयी

नगरपालिकाको वडा २ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ। स्थानीय तहको निर्वाचन अन्तर्गत गत शुक्रबार भएको मतदानको मतगणनाबाट कांग्रेसका रणबहादुर थिङ वडा अध्यक्ष पदमा निर्वाचित भएका हुन्। वडा ८ मा पनि कांग्रेसका पोते थिङ वडा अध्यक्ष पदमा निर्वाचित भएका छन्।

वडा १ मा एमाले, ३ मा माओवादी र ९ मा कांग्रेस यसअघि नै निर्वाचित भइसकेका छन्।

प्रकाशित मिति: १५:४५ बजे, सोमबार, जेठ २, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्