Kathmandu Press

कुम्मायकमा गठबन्धनका लावती र खड्का विजयी

कुम्मायकमा गठबन्धनका लावती र खड्का विजयी

पाँचथर, जेठ २ : पाँचथरको कुम्मायक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

कुम्मायक गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका बमप्रसाद लावती र उपाध्यक्षमा माओवादी केन्द्रमा महेन्द्रबहादुर खड्का विजयी भएका हुन्।

अध्यक्ष पदमा लावतीले तीन हजार ५७ मत प्राप्त गर्दा एमालेका सम्बाहाम्फेले दुई हजार ९०० मत प्राप्त गरे। यस्तै उपाध्यक्षमा खड्काले दुई हजार ७५८ मत प्राप्त गर्दा आचार्यले २  हजार ७२४ मत प्राप्त गरे।

यहाँ राप्रपाले अध्यक्ष पदमा २३३ र उपाध्यक्ष पदमा २२६ मत प्राप्त गरेको छ। यहाँअध्यक्ष पदमा ५०० तथा उपाध्यक्ष पदमा एक हजार १२ मत बदर भएको छ। 

प्रकाशित मिति: १४:३० बजे, सोमबार, जेठ २, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्