Kathmandu Press

खोटाङ बराहपोखरीमा अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एकीकृत समाजवादी

खोटाङ, जेठ २ : जिल्लाको बराहपोखरी गाउँपालिकाको प्रमुखमा सत्ता गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका शालिकराम बन्जरा विजयी भएका छन्।एमालेका गोमा मगरलाई ८५१ मतान्तरले पराजित गर्दै...
खोटाङ बराहपोखरीमा अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एकीकृत समाजवादी

खोटाङ, जेठ २ : जिल्लाको बराहपोखरी गाउँपालिकाको प्रमुखमा सत्ता गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका शालिकराम बन्जरा विजयी भएका छन्।

एमालेका गोमा मगरलाई ८५१ मतान्तरले पराजित गर्दै बञ्जरा गाउँपालिका प्रमुखमा विजयी भएका हुन्। 

बञ्जराले तीन हजार १८१ मत ल्याएर विजयी हुँदा मगरले दुई हजार ३३० मत ल्याएकी छन्। त्यस्तै नेकपा एकीकृत समाजवादीका भूवलराज राईले दुई हजार ५९४ मत ल्याएर उपप्रमुखमा विजयी भएका छन्।

राईका निकटतम् प्रतिद्वन्दी एमालेका जीवनकुमार राईले दुई हजार २९५ मत ल्याएको निर्वाचन अधिकृत कोपिला राईले जानकारी दिए। 

छ वडा रहेको यस गाउँपालिका–१ बराहपोखरीमा कांग्रेसका ढकबहादुर कार्की, २ मा माओवादी केन्द्रका पदम मगर, ३ मा एमालेका ताराकान्त राई, ४ मा कांग्रेसका सन्तोष आचार्य, ५ मा एमालेका फौदराज राई र ५ मा माओवादीका दुर्गाबहादुर राई विजयी भए। 

प्रकाशित मिति: १४:१२ बजे, सोमबार, जेठ २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्