माछापुच्छ्रेमा कांग्रेसका मीन र रुपामा एमालेका नवराज निर्वाचित
पोखरा, जेठ २ : स्थानीय तहको निर्वाचन अन्तर्गत कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका मिनबहादुर गुरुङ निर्वाचित भएका छन्।गुरुङ नेकपा एमालेका विक्रम गुरुङलाई...
पोखरा, जेठ २ : स्थानीय तहको निर्वाचन अन्तर्गत कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका मिनबहादुर गुरुङ निर्वाचित भएका छन्।
गुरुङ नेकपा एमालेका विक्रम गुरुङलाई ४ सय ८२ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन्। मीनबहादुरले ५ हजार ९ सय ८१ मत प्राप्त गरे भने विक्रमले ५ हजार ५ सय १५ मत प्राप्त गरे।
त्यसैगरी उपाध्यक्षमा कांग्रेसकै सीता अधिकारी निर्वाचित भएकी छन्न्। उनले एमालेका सीता तिवारीलाई ४ सय २५ मतान्तरले पराजित गरेका हुन्। अधिकारीले ५ हजार २ सय ७५ मत प्राप्त गर्दा तिवारीले ४ हजार ८ सय ९७ मत प्राप्त गरे।
त्यसैगरी रुपा गाउँपालिकाको अध्यक्षमा नवराज ओझा निर्वाचित भएका छन्। उनले कांग्रेसका गीमाया गुरुङलाई एकहजार ६ सय १२ मतान्तरले पराजित गर्दै निर्वाचित हुनुभएको हो।
ओझाले ५ हजार सातसय ४९ मत प्राप्त गरेका थिए भने कांग्रेसकी गुरुङले चारहजार १ सय ३७ मत प्राप्त गरिन्।
त्यसैगरी उपाध्यक्षमा नेकपा एमालेका लालसुब्बा गुरुङले ५ हजार ३ सय ३२ मत प्राप्त गरी निर्वाचित भएका छन्।
उनले कांग्रेसका नारायण श्रेष्ठलाई एक हजार एक सय ७९ मतान्तरले पराजित गरेका हुन्। श्रेष्ठले ४ हजार एक सय ५३ मत प्राप्त गरेका थिए। कास्कीका चार गाउँपालिकामध्ये दुईको नतिजा आउन बाँकी छ।












