Kathmandu Press

ओखलढुंगाको मानेभञ्ज्याङमा ज्ञानेन्द्र बने प्रमुख र आश्रचन उपप्रमुख

ओखलढुंगा, जेठ २ : ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका अध्यक्षमा ज्ञानेन्द्र रुम्दाली र उपाध्यक्षमा आश्रचन राई विजयी भएका छन्।अध्यक्षमा धारा चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका...
ओखलढुंगाको मानेभञ्ज्याङमा ज्ञानेन्द्र बने प्रमुख र आश्रचन उपप्रमुख

ओखलढुंगा, जेठ २ : ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका अध्यक्षमा ज्ञानेन्द्र रुम्दाली र उपाध्यक्षमा आश्रचन राई विजयी भएका छन्।

अध्यक्षमा धारा चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका रुम्दाली र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार राई एमाले–जसपा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै विजयी भएका हुन्। 

Hardik ivf

अध्यक्षमा निर्वाचित रुम्दालीले नेकपा एमालेका उम्मेदवारलाई एक हजार २०६ मतान्तरले पराजित गर्दै विजयी भएका छन्।

रुम्दाली पाँच हजार २१ मत प्राप्त गरेर विजयी हुँदा उनका निटतम प्रतिस्पर्धी एमालेका रुपलाल तामाङले तीन हजार ८१५ मत ल्याएका छन्।

उपाध्यक्षमा निकटतम प्रतिस्पर्धी जसपाका दीपेन्द्र रुम्दालीलाई दुई हजार १७३ मत अन्तरले पराजित गर्दै राई चार हजार ७५० मत प्राप्त गरेर विजयी भएका छन्। उपाध्यक्षमा रुम्दालीले दुई हजार ५७७ मत प्राप्त गरेका छन्।  

यहाँका नौमध्ये सातमा कांग्रेस र दुई वडामा एमालेले जितेको छ। कांग्रेसबाट वडा १ मा राजकुमार रुम्दाली, २ मा राममणि राई, ४ मा विष्णु तामाङ, ५ मा रामकुमार राई, ६ मा हेमराज राई, वडा ७ मा विष्णुप्रसाद गौतम, वडा ८ मा भीम बलाम्पाकी मगरले जितेका छन्। 

एमालेबाट वडा ९ मा पूर्णबहादुर मगर र ३ मा जितेन्द्र राईले जितेका छन्। २०७४ को निर्वाचनमा गाउँपालिका अध्यक्ष उपाध्यक्षसहित सात वडामा कांग्रेस, एउटा वडामा माओवादी र एउटा वडामा एमालेका उम्मेदवार विजयी भएका थिए।
 

प्रकाशित मिति: १३:४४ बजे, सोमबार, जेठ २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्