५२ हजारको भीभो भी १७ प्रो नेपाली बजारमा, यस्ता छन् विशेषता
काठमाडौं, कात्तिक ७ : संसारभर रुचाइएको भीभोले ‘भीभो भी १७ प्रो’ मोबाइल ल्याएको छ। यो मोबाइल नेपाली बजारमा पनि आएको छ।
नेपाली बजा....

काठमाडौं, कात्तिक ७ : संसारभर रुचाइएको भीभोले ‘भीभो भी १७ प्रो’ मोबाइल ल्याएको छ। यो मोबाइल नेपाली बजारमा पनि आएको छ।
नेपाली बजारमा यसको मूल्य ५२ हजार चार सय ९० रुपैयाँ रहेको छ। भिभोले यस अघि भीभो भी १५ प्रो ल्याएको थियो। भीभो भी १५ प्रोले राम्रो बजार पाएपछि कम्पनीले भीभो भी १७ प्रो सार्वजानिक गरेको हो।
यस्ता छन् भीभो भी १७ प्रोका विशेषता :
‘भीभो भी १७ प्रो’ डिभाइसमा क्वाड रियर क्यामरा सेटअपका साथमा विश्वको पहिलो ३२ मेगापिक्सेल ड्यूल पप–अप सेल्फी क्यामरा राखिएको कम्पनीको दाबी छ।
यस डिभाइस ८ जीबी र्याम र १२८ जीबी आन्तरिक स्टोरेज अप्सनका साथमा क्रिस्टल ब्ल्याक, क्रिस्टल ह्वाइट कलर अप्सनमा उपलब्ध रहेका छन्। भिभो भी प्रो १७ आर्कषण डिजाइनमा बनाएको कम्पनीले जनाएको छ।
यो १२८ जिबी भेरियन्ट क्षमता रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार भीभो भी कोरिङ गोरिल्ला ग्लास डिजाइन गरेर बनाएकाले निकै बलियो पनि रहेको छ।
व्याट्रीको हिसाबले पनि भीभो भी १७ प्रो ४१ सय एमएचको छ भने यसले १८ वाट् फास्ट चार्जिङ गर्न सकिने कम्पनीको दाबी छ।










-1754206481.jpg)
