Kathmandu Press

वागलुङको काठेखोला–३ मा एमालेबाट कुलबहादुर विकको प्यानल विजयी 

बागलुङ, जेठ २ : बागलुङको काठेखोला गाउँपालिका–३ मा नेकपा एमालेका प्रत्यशी कुलबहादुर विक प्यानलसहित विजयी भएका छन्। विक गाउँपालिकाको वडा अध्यक्षमा दलित समुदायका एक्ला उमेद्वार...
वागलुङको काठेखोला–३ मा एमालेबाट कुलबहादुर विकको प्यानल विजयी 

बागलुङ, जेठ २ : बागलुङको काठेखोला गाउँपालिका–३ मा नेकपा एमालेका प्रत्यशी कुलबहादुर विक प्यानलसहित विजयी भएका छन्। 

विक गाउँपालिकाको वडा अध्यक्षमा दलित समुदायका एक्ला उमेद्वार हुन्।

विकले गठबन्धनका तर्फबाट नेकपा एकिकृत समाजवादीका उमेद्वार यामबहादुर श्रीषलाई ३ सय ४९ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्। विकले ९ सय ६ मत प्राप्त गर्दा उनका निकतम प्रतिद्धन्दी श्रीषले ५ सय ५७ मत मात्र प्राप्त गरेको अधिकृत चुर्णबहादुर कार्कीले बताए। यसपालिको मतदानमा वडाको २ हजार एक सय मतदातामध्ये जम्मा १५ सय १ मत खसेको थियो। 

तीन दशकदेखि राजनीतिमा शक्रिय विक नेकपा एमालेका प्रदेश सदस्य हुन् । आफु पदस्थापना भएसँगै पहिलो निर्णयको रुपमा निम्न वर्गीय परिवारको लागि उपचार, शिक्षा लगायत अन्य सुविधा प्रवाह गर्न अध्यक्ष राहात कोषको घोषणा गर्ने विकले बताए। 

विक सँगै दलित महिला सदस्यमा विष्णु विक, महिला सदस्यमा टुल्कीदेवी खड्का, खुल्ला सदस्यमा दिपेन्द्र खत्री र प्रेम घर्ती विजयी भएका छन्।

काठेखोलामा वडा नम्मबर एकमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका खड्ग थापा र २ मा एमालेको विद्यापति शर्मा प्यानलसहित विजयी भएका छन् । काठेखोला गाउँपालिकाको आठ वटा वडामध्ये बाँकी वडाको मतगणणा जारी छ।

प्रकाशित मिति: ११:३१ बजे, सोमबार, जेठ २, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्