Kathmandu Press

सुनसरीको रामधुनी १ मा कांग्रस र २ मा एमालेकाे प्यानलै विजयी

सुनसरी, जेठ ३ : सुनसरीको रामधुनी नगरपालिको वडा नं. १ र २ को नतिजा सर्वाजनिक भएको छ। जसअनुसार वडा नं. १ मा नेपाली...
सुनसरीको रामधुनी १ मा कांग्रस र २ मा एमालेकाे प्यानलै विजयी

सुनसरी, जेठ २ : सुनसरीको रामधुनी नगरपालिको वडा नं. १ र २ को नतिजा सर्वाजनिक भएको छ। जसअनुसार वडा नं. १ मा नेपाली कांग्रेसको प्यानल नै विजयी हुँदा २ मा एमालेको प्यानल नै विजयी भएको छ।

वडा नं. १ को अध्यक्षमा कांग्रेसका महेश चौधरी पुनः निर्वाचित भएका छन्। उनले १ हजार २ सय ४ मत ल्याए । महिला सदस्यमा १ हजार ३ सय १५ मत ल्याउँदै उमा थरुनी विजयी हुँदा १ हजार ३ सय मत ल्याउँदै पार्वती सरदार विजयी भइन् ।

Hardik ivf

यस्तै खुला सदस्यमा कुमार बस्नेत र रामभरोसी रौनियार विजयी भएका छन्। बस्नेतले १ हजार २ सय ३५ मत ल्याउँदा रौनियारले १ हजार २५ मत प्राप्त गरे।

यसैगरी वडा नं. २ मा एमालेका रामनारायण चौधरी निर्वाचत भएका छन्। उनी १ हजार ६ सय ३४ मत ल्याउँदै विजयी भएका हुन्। चौधरी दोस्रो पटक निर्वाचत भएका हुन् ।

यस्तै, १ हजार ७ सय ३९ मत ल्याउँदै महिला सदस्यमा सुशील ढुंगाना निर्वाचित हुँदा दलित महिला सदस्यमा निर्वाचित कमली चौधरी मोचीले १ हजार ७ सय ३३ मत प्राप्त गरिन् । खुला सदस्यमा अब्दुल रजाक र रामनारायण चौधरी विजयी भए । उनीहरुले क्रमशः १ हजार ६ सय १० र १ हजार ५ सय ८१ मत प्राप्त गरे।

प्रकाशित मिति: ११:१४ बजे, सोमबार, जेठ २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्