काठमाडौंको गोकर्णेश्वर–४ मा स्वतन्त्र उम्मेदवार विजयी
काठमाडौँ, जेठ २ : काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर ४ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार जयराम महत विजयी भएका छन् ।उनी एक हजार २७ मत...
काठमाडौँ, जेठ २ : काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर ४ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार जयराम महत विजयी भएका छन् ।
उनी एक हजार २७ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन् । महतका निकटतम प्रतिद्वन्द्वी एमालेका श्रीकुमार श्रेष्ठले ९२९ मत ल्याए भने कांग्रेसका ज्ञानकुमार श्रेष्ठले ७९४ मत ल्याएका थिए ।
कांग्रेसले उम्मेदवार बन्न नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका महतलाई नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रको गठबन्धनले साथ दिएको थियो ।
वडा सदस्यमा कांग्रेसबाट दलित महिला सदस्यमा सुनिता परियारसहित २ खुल्ला सदस्य र एमालेले एक महिला सदस्य जितेको छ ।
प्रकाशित मिति: ११:०७ बजे, सोमबार, जेठ २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












