पुतलीबजार– ४ मा कांग्रेसको प्यानल विजयी
काठमाडौं, जेठ २ : नेपाली कांग्रेस स्याङ्जा जिल्ला सभापति राजु थापाको वडाका नेपाली कांग्रेसको प्यानल विजयी भएको छ। पुतलीबजार नगरपालिका वडा नं ४ मा नेकपा...
काठमाडौं, जेठ २ : नेपाली कांग्रेस स्याङ्जा जिल्ला सभापति राजु थापाको वडाका नेपाली कांग्रेसको प्यानल विजयी भएको छ।
पुतलीबजार नगरपालिका वडा नं ४ मा नेकपा एमालेलाई फराकिलो मतान्तरले हराउँदै कांग्रेसबाट उम्मेदवार शिव थापाको प्यानल विजयी भएको हो।
थापाले ११३१ मत प्राप्त गर्दा एमालेका रुद्र प्रसाद पोखरेलले ६९४ मत मात्र पाए। थापाले ४ सय ३७ मतान्तरले अध्यक्षमा बाजी मारेका हुन्।
लामो समयदेखि एमालेको वर्चस्व रहँदै आएको यस वडामा नेपाली कांग्रेसले विजयी हासिल गरेको हो।
प्रकाशित मिति: १०:४९ बजे, सोमबार, जेठ २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












