Kathmandu Press

लालझाडीमा एमालेका राना निर्वाचित, भीमदत्तमा मतगणना स्थगित

कञ्चनपुर, जेठ २ : कञ्चनपुरको लालझाडी गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (एमाले)का उम्मेदवार निर्मल रानाले चार हजार ५१६ मत प्राप्त गरी  निर्वाचित भएका छन्।    गत...
लालझाडीमा एमालेका राना निर्वाचित, भीमदत्तमा मतगणना स्थगित

कञ्चनपुर, जेठ २ : कञ्चनपुरको लालझाडी गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (एमाले)का उम्मेदवार निर्मल रानाले चार हजार ५१६ मत प्राप्त गरी  निर्वाचित भएका छन्।
    
गत शुक्रबार सम्पनन स्थानीय तहको निर्वाचन अन्तर्गत उनका प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार मदनसेन बडायकले दुई हजार ८५८ मत प्राप्त गरेका थिए । यसअघिको निर्वाचनमा माओवादबाट बडायक गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएका थिए। 
    
त्यसैगरी गाउँपालिकाको उपाध्यक्षमा नेकपा (एमाले)कै उम्मेदवार सपना चौधरी राना निर्वाचित भएका छन् । उनले तीन हजार ५६१ मत प्राप्त गरे भने उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार राधा रानाले तीन हजार ४९३ मत पाएका छन् ।

६ वडा रहेको लालझाडीमा कूल एघार हजार ३३५ मत खसेको थियो । उक्त पालिका राना थारु समुदायको बाहुल्यता भएको क्षेत्र पनि हो।

Hardik ivf

भीमदत्तमा गणना स्थगित

कञ्चनपुरको जेठो भीमदत्त नगरपालिकामा भने आइतबारदेखि मतगणना रोकिएको छ। मत गणनामा धाधली भएको आरोपसहित नेपाली कांग्रेसबाहेकका दलहरु विरोधमा छन्। उनीहरुले भीमदत्त –२ मा भइरहेको मतगण्नामा विषयलाई लिएर पुनः निर्वाचनको माग गरिरहेका छन्।

भीमदत्त नगरपालिकामा कांग्रेसका उम्मेदवार पदम बोगटी र उपप्रमुखका उम्मेदवार निलम जोशी लेखकले सुरुआतदेखि अग्रता लिएका छन्। 

त्यसैगरी यहाँको बेदकोट, दोधारा चाँदनी, कृष्णपुर नगरपालिकालगायतका पालिकाका कांग्रेसको अग्रता छ भने बेलौरीमा माओवादी र शुक्लाफाँटामा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । नौ पालिका रहेको जिल्लामा भीमदत्तबाहेकका पालिकामा मतगणना जारी छ। 

प्रकाशित मिति: १०:२५ बजे, सोमबार, जेठ २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्