Kathmandu Press

रोल्पा र थवाङमा माओवादी विजयी

रोल्पा, जेठ २ : रोल्पाको रोल्पा नगरपालिका र थवाङ गाउपालिकामा नेकपा (माओवादी केन्द्र) ले विजय हासिल गरेको छ।रोल्पाको मेयरमा सुरेन्द्र थापा घर्ती र...
रोल्पा र थवाङमा माओवादी विजयी

रोल्पा, जेठ २ : रोल्पाको रोल्पा नगरपालिका र थवाङ गाउपालिकामा नेकपा (माओवादी केन्द्र) ले विजय हासिल गरेको छ।

रोल्पाको मेयरमा सुरेन्द्र थापा घर्ती र उपप्रमुखमा गीता आचार्य विजयी भएका हुन्। मेयरमा माओवादीका सुरेन्द्र थापा घर्तीले सात हजार ६०३ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शेरबहादुर थापाले तीन हजार ६५८ मत प्राप्त गरेका छन्।

Hardik ivf

उममेयरमा माओवादीकी उम्मेदवार गीता आचार्यले सात  हजार ७४१ मत प्राप्त गरी विजयी भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी पुष्पा श्रेष्ठले तीन हजार ७१९ मत प्राप्त गरेकी छन्।

त्यसैगरी रोल्पाको थवाङ गाउँपालिकामा माओवादी विजय भएको छ। निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उमेदवार दर्जित रोकामगरलाई ६१६ मतान्तरले पछि पार्दै गाउँपालिका अध्यक्षमा माओवादीका ऋषिकेशव बुढामगर निर्वाचित भएका हुन्। उनले २१२२ मत पाउँदा रोकाको पक्षमा एक हजार ५०६ मत आएको थियो।

उपाध्यक्षमा माओवादीका शर्मिला बुढामगर दुई हजार १२२ मत ल्याई विजयी भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस र एमाले गठबन्धनका उम्मेदवार रायबहादुर पुनले एक हजार ४६८ मत प्राप्त गरेका छन्। थवाङमा  कांग्रेस–एमाले–स्वतन्त्रले चुनावी तालमेल गरेका थिए।

प्रकाशित मिति: ०८:५२ बजे, सोमबार, जेठ २, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्