पाँचथरको कुम्मायकमा गठबन्धनका उम्मेदवार विजयी
पाँचथर, जेठ २ : पाँचथरको कुम्मायक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन्।अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार बमप्रसाद लावती...
पाँचथर, जेठ २ : पाँचथरको कुम्मायक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन्।
अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार बमप्रसाद लावती र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का महेन्द्रबहादुर खड्का विजयी भएका हुन्। अध्यक्ष पदमा लावतीले नेकपा (एमाले) का भीमप्रसाद सम्बाहाम्फेलाई १२३ मत तथा उपाध्यक्षमा खड्का एमालेकै सीता आचार्यलाई २३ मतले पराजित गरेका हुन्।
कुम्मायकको वडा नं १ मा जसपा र वडा नं २ मा नेकपा (एकीकृत समाजवादी) ले वडाध्यक्ष जितेका छन्। बाँकी तीन वडामा एमालेले वडाध्यक्षसहित प्यानलमै विजय हाँसिल गरेको छ।
प्रकाशित मिति: ०७:५२ बजे, सोमबार, जेठ २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










