Kathmandu Press

ताप्लेजुङको मेरिङदेनमा कांग्रेस र एकीकृत समाजवादी निर्वाचित

ताप्लेजुङ, जेठ २ : ताप्लेजुङको मेरिङदेन गाउँपालिका अध्यक्ष पदमा डम्बर हाङ्गाम निर्वाचित भएका छन्।नेपाली कांग्रेसबाट उम्मेदवार बएका उनले दुई हजार ८६९ मत प्राप्त...
ताप्लेजुङको मेरिङदेनमा कांग्रेस र एकीकृत समाजवादी निर्वाचित

ताप्लेजुङ, जेठ २ : ताप्लेजुङको मेरिङदेन गाउँपालिका अध्यक्ष पदमा डम्बर हाङ्गाम निर्वाचित भएका छन्।

नेपाली कांग्रेसबाट उम्मेदवार बएका उनले दुई हजार ८६९ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का केदारजङ्ग चोङ्वाङले दुई हजार ७७० मत प्राप्त गरेका छन्।

Hardik ivf

यसैगरी उपाध्यक्षमा नेकपा (एकीकृत समाजवादी) का दुर्गाप्रसाद चोङ्वाङ निर्वाचित भएका छन्। उनी दुई हजार ५९८ मतसहित विजयी भएका हुन्।

त्यस्तै फक्ताङलुङ गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का राजन लिम्बू निर्वाचित भएका छन्। उनले दुई हजार ६६० मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सरोज एभेङले दुई हजार ३१२ मत प्राप्त गरेका छन्। उनी दोस्रो पटक अध्यक्ष निर्वाचित भएका हुन्।

यसैगरी उपाध्यक्षमा कांग्रेसका रबिन साम्रा लिम्बूले दुई हजार ३५८ मत प्राप्त गरी निर्वाचित भएका हुन्। पाएका छन्।

प्रकाशित मिति: ०७:०२ बजे, सोमबार, जेठ २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्