Kathmandu Press

आसाममा बाढीका कारण तीनजनाको मृत्यु, झण्डै २५ हजार मानिस प्रभावित

आसाम, जेठ १ : असाममा यस बर्ष आएकोे बाढीका कारण राज्यका छ जिल्लाका करिब २५ हजार मानिस प्रभावित भएका छन्। दिमा हासाओ जिल्लाको...
आसाममा बाढीका कारण तीनजनाको मृत्यु, झण्डै २५ हजार मानिस प्रभावित

आसाम, जेठ १ : असाममा यस बर्ष आएकोे बाढीका कारण राज्यका छ जिल्लाका करिब २५ हजार मानिस प्रभावित भएका छन्। दिमा हासाओ जिल्लाको हाफलोङ क्षेत्रमा शनिबार भएको पहिरोमा परी एक महिलासहित तीन जनाको मृत्यु भएको छ।

आसाम र छिमेकी राज्यहरूमा अविरल बर्षापछि मेघालय र अरुणाचल प्रदेशमा विगत दुई दिनमा विभिन्न नदीहरुको पानीको सतह बिस्तारै बढ्दै गएको र कोपिली नदीको पानी खतराको स्तरभन्दा माथि बगिरहेको छ।

Hardik ivf

आसाम राज्य विपद् व्यवस्थापन प्राधिकरण (एसिडिएमए) को बाढीसम्बन्धी रिपोर्टअनुसार मे १४ गतेसम्म छ जिल्लाका ९४ गाउँमा कुल २४ हजार ६८१ जना को मृत्यु भएको छ।

बाढीको पहिलो असर काचर, धेमाजी, होजय, कर्बी आङलोङ पश्चिम, नागाँ र कामरुप (मेट्रो) मा परेको रिपोर्टमा उल्लेख छ। बाढीप्रभावित जिल्लाहरुमा बाढीको पानीले १७३२.७२ हेक्टर क्षेत्रफललाई डुबानमा पारेको छ। कचर गाउँपालिकामा मात्रै २१ हजारभन्दा बढी प्रभावित भएका छन्।

सेना, अर्धसैनिक बल, एसडिआरएफ, अग्नि र आपतकालीन सेवाले शनिबार काचर जिल्लाको बाढी प्रभावित क्षेत्रबाट २५० जनाको उद्धार गरेको बताइएको छ। बाढीले नागाउं गाउँपालिकाको लखिमपुरस्थित होजाईमा विभिन्न सडक, पुल र सिँचाइ नहरमा क्षति पुगेको बताइएको छ।

प्रकाशित मिति: २०:४१ बजे, आइतबार, जेठ १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्