Kathmandu Press

आज सात मतदान केन्द्रमा मतदान सम्पन्न

काठमाडाैं, जेठ १ : गत वैशाख ३० गते स्थगन भएकामध्ये पाँच स्थानीय तहका विभिन्न सातवटा मतदान केन्द्रमा आइतबार शान्तिपूर्ण रूपमा मतदान भएको छ।...
आज सात मतदान केन्द्रमा मतदान सम्पन्न
Hardik ivf

काठमाडाैं, जेठ १ : गत वैशाख ३० गते स्थगन भएकामध्ये पाँच स्थानीय तहका विभिन्न सातवटा मतदान केन्द्रमा आइतबार शान्तिपूर्ण रूपमा मतदान भएको छ। गत वैशाख ३० गते स्थगन भएका स्थलका ती मतदान केन्द्रमा मतदान भएको हो।

निर्वाचन आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जिइओसी) मा सङ्कलित विवरणअनुसार जुम्लाको गुठीचौर गाउँपालिका–३ को शङ्कर मावि, गज्र्याङ्कोट मतदानस्थलको एक मतदान केन्द्र, सप्तरीको डाक्नेश्वरी नगरपालिकाका–२ को जनता मावि, हरिहरा मतदानस्थलका दुई मतदान केन्द्र, कालीकोटको रास्कोट गाउँपालिका–४ को रमालमष्टो मावि, स्युनाको एक मतदान केन्द्र, कालीकोटकै पचालभरना गाउँपालिका–३ को जनता मावि, खार्दुपको एक मतदान केन्द्र, बझाङको जयपृथ्वी नगरपालिका सुनी वडा नं ७ को सुनीपीपल चौर माविको दुई मतदान केन्द्र रहेको छ।

राजनीतिक दल र उम्मेदवार र अन्य पक्षको विवादका कारण स्थगन भएका ८५ मतदान केन्द्रमध्ये विभिन्न मतदान केन्द्रमा निर्वाचनको नयाँ मिति तोकिने र निर्वाचन हुने क्रम जारी रहेको छ।

प्रकाशित मिति: २०:२१ बजे, आइतबार, जेठ १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्