Kathmandu Press

स्थानीय तह निर्वाचन : झन्डै १९ घण्टापछि मतगणना पुनः सुरु

बनेपा, जेठ १ : मतगणनाका क्रममा केही विवाद निस्केपछि काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाको शनिबार राति करिब १० बजेदेखि स्थगित भएको मतगणना पुनः सुरु भएको...
स्थानीय तह निर्वाचन : झन्डै १९ घण्टापछि मतगणना पुनः सुरु

बनेपा, जेठ १ : मतगणनाका क्रममा केही विवाद निस्केपछि काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाको शनिबार राति करिब १० बजेदेखि स्थगित भएको मतगणना पुनः सुरु भएको छ। गाउँपालिकाका निर्वाचन अधिकृत लक्ष्मीप्रसाद रेग्मीका अनुसार बनाएको नियमलाई थप कडाइ गर्ने विषयमा दलका प्रतिनिधिहरुबीच सहमति भएपछि अहिले ५ बजेदेखि पुनःमतगणना सुरु भएको हो।

वडा नं १ को मतगणनाका क्रममा चित्त नबुझेको भन्दै नेकपा (एमाले)ले विवाद निकालेपछि मतगणना कार्य रोकिएको थियो। सो विषयमा लामो समयसम्म बसेको सर्वदलीय बठैक निर्वाचन आयोगले बनाएको नियमलाई कडाइपूर्वक लागू गर्ने विषयमा सहमतिमा पुगेपछि मतगणना पुनः सुरु भएको निर्वाचन अधिकृत रेग्मीले बताए।

Hardik ivf

'हामीले छलफलबाट मतगणनास्थलमा दलका आधिकारिक व्यक्ति बाहेक अरु बस्न नपाउने, माबोइल प्रवेश निषेध गर्ने, दलका प्रतिनिधि जति जना राख्ने भन्ने निर्णय भएको छ, त्यहीअनुसार मात्रै प्रवेश गर्नेलगायतका विषयमा सहमति भएपछि रोकिएको मतगणना पुनः सुरु भएको छ।' उनले भने, 'पहिला वडा नं १ बाट सुरु गर्ने भनेर गरेको निर्णयअनुसार गरिएकामा सो वडाको मत गणना कार्य सकेपछि विवाद भएका कारण अब अन्तिम वडा नं ६ बाट सुरु गर्ने गरी मतगणना सुरु भएको छ।'

बेथानचोक गाउँपालिकामा हालसम्मको मतगणनामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसको अध्यक्ष पदमा ५७७ र माओवादी केन्द्रको उपाध्यक्ष पदमा ४६७ मत प्राप्त भएको छ भने नेकपा (एमाले)को अध्यक्ष पदमा ३८८ र उपाध्यक्षमा ३९६ मत आएको छ। अहिले वडा नं ६ को मतगणना जारी छ।

प्रकाशित मिति: १९:२५ बजे, आइतबार, जेठ १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्