Kathmandu Press

मलेसियामा २४ घन्टामा २ हजार ३०० संक्रमित, तीनको मृत्यु

क्वाललम्पुर जेठ १ : मलेसियामा गएको २४ घन्टामा कम्तीमा पनि २ हजार ३७३ जना नयाँ संत्रमित थपिएका छन्। साथै यो अवधिमा यहाँ कोभिडबाट...
मलेसियामा २४ घन्टामा २ हजार ३०० संक्रमित, तीनको मृत्यु

क्वाललम्पुर जेठ १ : मलेसियामा गएको २४ घन्टामा कम्तीमा पनि २ हजार ३७३ जना नयाँ संत्रमित थपिएका छन्। साथै यो अवधिमा यहाँ कोभिडबाट तीन जनाको ज्यान पनि गएको छ। अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ देशभित्र र बाहिरबाट आएकाहरुमा कोभिडको संक्रमण देखिएको छ।

पहिलेको तुलनामा यहाँ संक्रमितहरु घटेको भए पनि यहाँ कोभिडको संक्रमण उल्लेख्य मात्रामा कम हुन भने सकेको छैन। यहाँ अहिलेसम्म ४४ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ। त्यस्तै कोभिड संक्रमण सुरु भएदेखि अहिलेसम्म यहाँ ३५ हजार भन्दा बढीको ज्यान गएको छ।

प्रकाशित मिति: १८:५५ बजे, आइतबार, जेठ १, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्