Kathmandu Press

नेपालसँगको सम्बन्ध प्रगाढ तुल्याउनु मेरो भ्रमणको उद्देश्य हो : भारतीय प्रधानमन्त्री मोदी

नेपालसँगको सम्बन्ध प्रगाढ तुल्याउनु मेरो भ्रमणको उद्देश्य हो : भारतीय प्रधानमन्त्री मोदी

लुम्बिनी, जेठ १ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई थप प्रगाढ तल्याउनु आफ्नो भ्रमणको उद्देश्य भएको बताएका छन। लुम्बिनी भ्रमणको पूर्वसन्ध्यामा नयाँ दिल्लीबाट प्रस्थान वक्तव्य जारी गर्दै उनले नेपालसँगको भारतको सम्बन्ध अतुलनीय रहेको बताए।

वक्तव्यमा उनले 'मेरो भ्रमणको उद्देश्य शताब्दिऔँदेखि प्रगाढ र अभिलेखित पारस्परिक सम्बन्धलाई मनाउने र त्यसलाई अझ गाढा बनाउनका निम्ति हो, भनेका छन।

प्रधानमन्त्री देउवाको गत महिना भारत भ्रमणका क्रममा भएका फलदायी छलफलपछि प्रधानमन्त्री देउवालाई फेरि भेट्न आफू आतुर रहेको बताउँदै प्रधानमन्त्री मोदीले जलविद्युत्, विकास र सम्पर्क सञ्जार विस्तारलगायत विभिन्न क्षेत्रमा सहयोग बढाउन साझा समझदारीलाई निरन्तरता दिइने वक्तव्यमा उल्लेख गरेका छन। प्रधानमन्त्री देउवाको निमन्त्रणामा उनी भोलि विशेष विमानबाट यहाँ आउँदै छन।

प्रकाशित मिति: १८:५१ बजे, आइतबार, जेठ १, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्