Kathmandu Press

दैलेखको नौमूले गाउँपालिकामा माओवादी केन्द्रका सुवेदी विजयी

दैलेख, जेठ १ : जिल्लाको नौमूले गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ। गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका छविराम सुवेदी विजयी भएका हुन। उनी...
दैलेखको नौमूले गाउँपालिकामा माओवादी केन्द्रका सुवेदी विजयी
Hardik ivf

दैलेख, जेठ १ : जिल्लाको नौमूले गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ। गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका छविराम सुवेदी विजयी भएका हुन। उनी तीन हजार २०० मत ल्याएर अध्यक्षमा निर्वाचित भए।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भदे बुढा मगरले दुई हजार ५४४ मत प्राप्त गरे। बुढामगर निवर्तमान अध्यक्षसमेत हुन। नेकपा एमालेका शशिराम विश्वकर्माले एक हजार ९२० मत ल्याए।

यसैगरी उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का गङ्गबहादुर शाही विजयी भए। उनलाई दुई हजार ८३४ मत प्राप्त भयो। नेपाली कांग्रेसकी अमृता सिंहले दुई हजार ४०५ र एमालेकी गीता चन्दले एक हजार ९१८ मत प्राप्त गरिन। नौमूलेमा (नेकपा माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को चुनावी गठबन्धन थियो। आठ वडा रहेको नौमूले गाउँपालिकामा पाँचवटा नेपाली कांग्रेस, दुई वडा एकीकृत समाजवादी र एउटा मात्रै वडा नेकपा एमालेले जितेको छ।

प्रकाशित मिति: १८:४२ बजे, आइतबार, जेठ १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्