Kathmandu Press

स्थगित भएका ६ केन्द्रमा आज मतदान

काठमाडौं, जेठ १ : गत वैशाख ३० गते स्थगन भएकामध्ये चार स्थानीय तहका विभिन्न छ मतदान केन्द्रमा आज निर्वाचन भएको छ।निर्वाचन आयोगका अनुसार आज...
स्थगित भएका ६ केन्द्रमा आज मतदान

काठमाडौं, जेठ १ : गत वैशाख ३० गते स्थगन भएकामध्ये चार स्थानीय तहका विभिन्न छ मतदान केन्द्रमा आज निर्वाचन भएको छ।

निर्वाचन आयोगका अनुसार आज निर्वाचन जारी रहेका मतदानस्थलमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाकाको जनता माविको २ केन्द्र, कालीकोटको रास्कोट गाउँपालिकाको रमाल मष्टो माविको १ केन्द्र, कालीकोटकै पचालभरना गाउँपालिकाको जनता माविको १ केन्द्र, बझाङको जयपृथ्वी नगरपालिकाको सुनीपिपल चौर माविको २ मतदान केन्द्र रहेको छ।

Hardik ivf

राजनीतिक दल र उम्मेदवार र अन्य पक्षको विवादका कारण स्थगन भएका ८५ मतदान केन्द्रमध्ये १९ मतदान केन्द्रमा निर्वाचनको नयाँ मिति तोकिएको थियो। सुरक्षा व्यवस्था सुदृढ पारेर सुरु गरिएको आजको मतदानमा कुनै अप्रिय घटना भएको छैन।

जेठ २ गते निर्वाचन हुने मतदानस्थलमा धनकुटाको शहीदभूमि गाउँपालिकाको ठाकुरदेवी माविको ३ केन्द्र, रामेछापको खाँडादेवी नगरपालिकाको राकमथुमको ३ केन्द्र, बझाडको केदारस्युँ गाउँपालिकाको जगन्नाथ माविका २ केन्द्र, बझाडको सुर्मा गाउँपालिकाको कृष्ण प्राविको १ केन्द्र र सोही पालिकाको आधाबगर माविको २ केन्द्र रहेका छन्। 

यसैगरी जेठ ३ गते निर्वाचन हुने मतदानस्थलमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको श्रीराम माविको २ मतदान केन्द्र रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। 

प्रकाशित मिति: १७:३३ बजे, आइतबार, जेठ १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्