Kathmandu Press

बूढानीलकण्ठ-४ मा कांग्रेसको प्यानलै विजयी

काठमाडौं, जेठ १ :  बुढानिलकण्ठ नगरपालिकामा–४ मा नेपाली कांग्रेसका प्यानल विजयी भएको छ। वडा नं ४ को अध्यक्षमा कांग्रेसका श्रीराम केसीले एक हजार २५६...
बूढानीलकण्ठ-४ मा कांग्रेसको प्यानलै विजयी

काठमाडौं, जेठ १ :  बुढानिलकण्ठ नगरपालिकामा–४ मा नेपाली कांग्रेसका प्यानल विजयी भएको छ। 

वडा नं ४ को अध्यक्षमा कांग्रेसका श्रीराम केसीले एक हजार २५६ मत ल्याएर विजयी भएका हुन। उनको निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका राजेन्द्र खड्काले ८०२ मत प्राप्त गरेका छन।

त्यसैगरी वडा सदस्यहरूमा सुमिता खड्का, मञ्जु परियार, पवन कार्की र कृष्ण खत्री विजयी भएका हुन।

यसअघि १ र २ नं वडामा नेकपा एमालेले जित हासिल गरेको छ। भने ३ नं वडामा भने स्वतन्त्र उम्मेदवार आकाश धिताल बिजयी भएका छन।

प्रकाशित मिति: १७:२९ बजे, आइतबार, जेठ १, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्