Kathmandu Press

गोकर्णेश्वरमा एमालेको अग्रता

काठमाडाैं, जेठ १ : गोकर्णेश्वर नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेकपा एमालेको अग्रता कायमै छ। यही वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना त्यसै...
गोकर्णेश्वरमा एमालेको अग्रता

काठमाडाैं, जेठ १ : गोकर्णेश्वर नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेकपा एमालेको अग्रता कायमै छ। 

यही वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना त्यसै रातिदेखि सुरु भएको थियो। एमालेबाट प्रमुख पदका उम्मेदवार उद्धव विष्टले तीन हजार ६४१ मत पाएका हुन्।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका दीपक रिसालले दुई हजार ९३८ मतका साथ पछ्याइरहनुभएको छ। नेकपा एकीकृत समाजवादीका गोपाल बरालले २४६ मत पाएका छन्। 

Hardik ivf

यसैगरी उपप्रमुखमा एमालेकै सान्नानी लामाले तीन हजार ४८३, कांग्रेसका शान्ति नेपालले दुई हजार ७९९ र नेकपा माओवादी केन्द्रका पेमाछिरि शेर्पाले ६०६ मत पाएका छन्।

नगरपालिकाको १, २ र ३ गरी तीन वडाको मतगणना सम्पन्न भएको निर्वाचन अधिकृत रञ्जु गौतमले जानकारी दिए।

तीनै वडामा एमालेले वडाध्यक्षसहित प्यानलमा विजयी भएको छ। वडा १ मा द्वारिका श्रेष्ठ, वडा २ मा मधु तामाङ र वडा ३ मा मुरारी कुइँकेलको समूह नै विजयी भएको छ।

अहिले नगरपालिकाको ४ वडाको मतगणना भइरहेको छ। नारायणटारस्थित चामुण्डा माध्यमिक विद्यालय भवनमा मतगणना भइरहेको हो।

स्थान अभावका कारण एक पटकमा एउटा मात्र वडाको मतगणना सम्भव भएको निर्वाचन अधिकृत गौतमले जानकारी दिए। 

गोकर्णेश्वर नगरपालिकामा २४ हजार २४२ मत खसेको छ। यो कुल मतदाता सङ्ख्याको ७१.३२ प्रतिशत हो।

नगरपालिकामा कूल ३३ हजार ९८९ मतदाता सङ्ख्या रहेको छ। वडा १ दुई हजार ६७५, वडा २ मा दुई हजार २००, वडा ३ तीन हजार ३१, वडा ४ मा तीन हजार १५९, वडा ५ मा तीन हजार ८७७, वडा ६ मा तीन हजार ६८६, वडा ७ मा एक हजार ३५१, वडा ८ मा तीन हजार १५६ र वडा ९ मा एक हजार १८८ मत खसेको थियो।

प्रकाशित मिति: १७:२६ बजे, आइतबार, जेठ १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्