Kathmandu Press

हुम्लामा हेलिकोप्टरमार्फत मतपेटिका संकलन

हुम्लामा हेलिकोप्टरमार्फत मतपेटिका संकलन

हुम्ला, जेठ १ : नाम्खा गाउँपालिका–६ स्थित मतदानस्थलका मतपेटिका आज (आइतबार) नेपाली सेनाको हेलिकोप्टरमार्फत याल्वाङ्गस्थित मतगणनास्थलमा ल्याइएको छ।

उक्त वडाको लिमीस्थित भृकुटी प्रावि जाङ्ग, सुनखानी प्रावि हल्जी र तिल गरी तीन स्थानका मतपेटिका हेलिकोप्टरमार्फत नाम्खाको याल्वाङ्गको निर्वाचन केन्द्र ल्याइएको हो। 

Hardik ivf

न्यालु लेकमा हिमपातको कारण ती मतदानस्थलबाट मतपेटिका संकलन गर्न सकिएको थिएन। ती तीन स्थानका मतपेटिका आज नेपाली सेनाको हेलीकप्टरमार्फत नाम्खाको याल्वाङ्गको निर्वाचन केन्द्रमा ल्याइएको मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले जानकारी दिए। उनका अनुसार संकलित मतपेटिकाको मतगणनाकार्य आजै बेलुकासम्म सुरु गरिनेछ। 

यसैबीच हुम्लाको दक्षिण भेगमा पर्ने खार्पुङनाथ गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फको उम्मेदवार नेपाली कांग्रेसका कर्णबहादुर रावलले एक हजार ८१० मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी एमालेका प्रकाशबहादुर शाही एक हजार १८५ मतले पराजित भएका हुन्। 

त्यस्तै उपाध्यक्षमा गठबन्धनकै तर्फबाट माओवादी केन्द्रका ज्ञानबहादुर सिंह एक हजार ८७१ मतले विजयी भएका छन्। उहाँका प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी) का शक्तिसिंह ऐडीले ८५० ल्याइ पराजित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

प्रकाशित मिति: १५:३९ बजे, आइतबार, जेठ १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्