Kathmandu Press

सुनसरीको बराहक्षेत्रमा रोकियाे मतगणना

सुनसरीको बराहक्षेत्रमा रोकियाे मतगणना

सुनसरी, जेठ १ : सुनसरीको बराहक्षेत्र नगरपालिकामा मतगणना रोकिएको छ।

मत गन्ने क्रममा असमझदारी पैदा भएपछि मतगणना स्थगित गरिएको जनाइएको छ।

उम्मेदवार नै नरहेको हसियाहथौडा चुनाव चिन्हमा मतदाताले स्वस्तिक छाप लगाएको र सो मतलाई कांग्रेस उम्मेदवारले पाएको मतका रुपमा लिनुपर्ने माग उठेपछि विवाद उत्पन्न भएको हो।

सर्वपक्षीय बैठक बसेर मतगणना अघि बढाउने प्रयास भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

बराहक्षेत्र मेयरका लागि गठबन्धन दलका तर्फबाट कांग्रेसका रमेश कार्की र उपमेयर पदमा माओवादी केन्द्रका अमित गौतम उम्मेदवार छन्।
 

प्रकाशित मिति: १५:०६ बजे, आइतबार, जेठ १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्