Kathmandu Press

शङ्खरापुरमा कांग्रेस र माओवादीका वडाध्यक्ष निर्वाचित

चौतारा, जेठ १ : राजधानीको उत्तरपूर्वी भेगस्थित सिन्धुपाल्चोकसँग सीमा जोडिएको शङ्खरापुर नगरपालिकाको दुई वडाको मतपरिणाम सार्वजनिक भएको छ।मत परिणामअनुसार शङ्खरापुर नगरपालिका–१ मा नेकपा माओवादी...
शङ्खरापुरमा कांग्रेस र माओवादीका वडाध्यक्ष निर्वाचित

चौतारा, जेठ १ : राजधानीको उत्तरपूर्वी भेगस्थित सिन्धुपाल्चोकसँग सीमा जोडिएको शङ्खरापुर नगरपालिकाको दुई वडाको मतपरिणाम सार्वजनिक भएको छ।

मत परिणामअनुसार शङ्खरापुर नगरपालिका–१ मा नेकपा माओवादी केन्द्रबाट वेदनारायण (बाबुराम) दङ्गाल र वडा नं ९ मा नेपाली कांग्रेसबाट सहदेव श्रेष्ठ निर्वाचित भएका छन्। दङ्गाले ६७४ र श्रेष्ठले ७०५ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

Hardik ivf

दङ्गालको निकटतम् प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका दलबहादुर तामाङले ६०६ मत प्राप्त गरेको निर्वाचन अधिकृत सीता निरौलाले जानकारी दिए । वडा सदस्यमा भने समाजवादीको समूह नै निर्वाचित भएको छ।

कांग्रेसको प्यानल विजयी
    
यसैगरी नगरपालिका–९ मा भने वडा अध्यक्षसहित सबै सदस्य पदमा कांग्रेसको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा कांग्रेसका सहदेव श्रेष्ठले ७०५ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका भाइकाजी श्रेष्ठले ४३३ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

नगर प्रमुखमा भने एक हजार २४८ मतका साथ एमालेका कृष्णलाल बजगाइँले अग्रता कायम गरेका छन । उनलाई पच्छ्याउँदै नेकपा (एकीकृत समाजवादी)का लक्ष्मीप्रसाद (एलपी) श्रेष्ठले एक हजार १९१ मत पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका रमेश नापितले एक हजार ८९ मत पाएका छन्। नगरपालिकामा कांग्रेस र नेकपा (एकीकृत समाजवादी) ले गठबन्धन गरेका छन्। 

उपप्रमुखमा नेपाली कांग्रेसकी समिता श्रेष्ठले एक हजार ५९४ मत पाएकी छन् । उनकी प्रतिष्पर्धी एमालेकी लक्ष्मी केसीले ९५७ मत पाएकी छन् निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । हाल वडा नं.२ र ८ को मतगणना भइरहेको जनाइएको छ। 

प्रकाशित मिति: १५:०० बजे, आइतबार, जेठ १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्