Kathmandu Press

बझाङको थलारा गाउँपालिकामा एमाले विजयी

बझाङ, जेठ १ : बझाङको थलारा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका प्रकाश रोकाया विजयी भएका छन्।उनले दुई हजार ७७४ मत प्राप्त गरेका हुन् ।...
बझाङको थलारा गाउँपालिकामा एमाले विजयी

बझाङ, जेठ १ : बझाङको थलारा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका प्रकाश रोकाया विजयी भएका छन्।

उनले दुई हजार ७७४ मत प्राप्त गरेका हुन् । उनको निटकतम् प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कुलराज जोशी रहेका छन् । जोशीले दुई हजार ११३ र सत्ता गठबन्धनका उम्मेदवार विनोद थापाले एक हजार २०३ मत प्राप्त गरेका छन्। 

त्यस्तै गाउँपालिकाको उपाध्यक्षमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका राम खाती तीन हजार १५० मत ल्याएर विजयी भएकी छन्। उनका निकटतम् प्रतिस्पर्धी एमालेकी मीरा रावलले दुई ५८७ मत ल्याएकी छन्।  

प्रकाशित मिति: १४:५४ बजे, आइतबार, जेठ १, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्