Kathmandu Press

भक्तपुरमा नेमकिपाको अग्रता कायमै

भक्तपुर, जेठ १ : भक्तपुर नगरपालिकामा नेमकिपाको अग्रता कायमै छ। भक्तपुर नगरपालिकामा अहिलेसम्म १६ हजार ३८ मतगणना भइसकेको छ । तीमध्ये नेमकिपाका नगरप्रमुखमा सुनील प्रजापतिले नौ...
भक्तपुरमा नेमकिपाको अग्रता कायमै

भक्तपुर, जेठ १ : भक्तपुर नगरपालिकामा नेमकिपाको अग्रता कायमै छ। 

भक्तपुर नगरपालिकामा अहिलेसम्म १६ हजार ३८ मतगणना भइसकेको छ । तीमध्ये 
नेमकिपाका नगरप्रमुखमा सुनील प्रजापतिले नौ हजार ५६६ मत प्राप्त गरी अग्रता लिएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले एक हजार ८०६, नेकपा एमालेका रविन्द्र्र लाछिमस्युले एक हजार १५४, नेकपा माओवादी केन्द्रका तुल्सीभक्त सुवालले ३२९ र स्वतन्त्रतर्फबाट सत्यराम त्वायनाले १२२५ मत प्राप्त गरेका छन्। 

उपप्रमुखमा नेमकिपाका रजनी जोशीले नौ हजार ७३८, गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादी पार्टीका ओमचरण अमात्यले एक हजार ५७, नेकपा माओवादी केन्द्रका इन्द्रमाया सुवालले ३९२, नेकपा एमालेका रञ्जना चापागाई खर्बुजाले एक हजार २७४ मत प्राप्त गरेका छन्। 

वडाअध्यक्षमा नेमकिपाबाट १ र ३ मा पुरै प्यानल विजयी भइसकेको छ।  

प्रकाशित मिति: १४:४२ बजे, आइतबार, जेठ १, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्