सिन्धुलीको तीनपाटनमा गठबन्धन अगाडि
सिन्धुली, जेठ १ : सिन्धुलीको तीनपाटन गाउँपालिकामा सत्ता गठबन्धनले अग्रता लिएको छ।११ वटा वडामध्ये चारवटाको मतगणना सम्पन्न हुँदा गठबन्धनका तर्फबाट नेपाली कांग्रेस उम्मेदवार...
सिन्धुली, जेठ १ : सिन्धुलीको तीनपाटन गाउँपालिकामा सत्ता गठबन्धनले अग्रता लिएको छ।
११ वटा वडामध्ये चारवटाको मतगणना सम्पन्न हुँदा गठबन्धनका तर्फबाट नेपाली कांग्रेस उम्मेदवार कर्णबहादुर थापामगर ३८७ मतले अगाडि बढेका छन्।
उनले ३,४३४ पात प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेकपा एमालेका छत्रबहादुर दाहालले ३,०४७ मत ल्याएका छन्।
त्यस्तै उपप्रमुखमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार अशोक पुलामीले ३३९ मतले अग्रता लिएका छन्।
उनले ३,२७८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेकी पदममाया तामाङले ३,०४७ मत ल्याएकी छन्।
वडा १ मा एमालेका गोविन्द राउत, वडा २ मा नेपाली कांग्रेसका मुकुन्द पौडेल, वडा १० मा नेपाली कांग्रेसका पुण्यहरि भुजेल र वडा ११ कांग्रेसका तिलकबहादुर बस्नेत विजयी भएका छन्।
सातवटा वडाको मत गन्न बाँकी छ। वडा ३ र ९ को मतगणना थाल्ने तयारी भइरहेको जनाइएको छ।












