Kathmandu Press

मानेभन्ज्याङमा स्वतन्त्र उम्मेदवारको अग्रता

काठमाडौं, जेठ १ : ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन्। नेपाली कांग्रेसको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका ज्ञानेन्द्र रुम्दालीले अग्रता लिएका हुन्। धारा...
मानेभन्ज्याङमा स्वतन्त्र उम्मेदवारको अग्रता

काठमाडौं, जेठ १ : ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन्। नेपाली कांग्रेसको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका ज्ञानेन्द्र रुम्दालीले अग्रता लिएका हुन्। 

धारा चिन्हका रुम्दालीको २४२५ मत आउँदा एमालेका रुपलाल तामाङको १७७४ मत आएको छ। उपाध्यक्षमा कांग्रेसका आश्राचन राई अगाडि छन्। उनले २३७९ मत ल्याउँदा जसपाका दीपेन्द्र रुम्दालीले १०७५ मत ल्याएका छन्। मानेभन्ज्याङमा कांग्रेसले स्वतन्त्रलाई समर्थन गरेको थियो भने एमाले र जसपाले तालमेल गरेका थिए। 

नौ वडा रहेको मानेभन्ज्याङमा १, २, ८, ७ र ९ को मतगणना भइसकेको छ । मतगणनाको परिणाम अनुसार वडा नं २ मा एमालेको प्यानल र अन्य सबै वडामा कांग्रेसको प्यानल विजयी भएका छन्। 

प्रकाशित मिति: १३:५८ बजे, आइतबार, जेठ १, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्