Kathmandu Press

चाँगुनारायणमा कांग्रेस अगाडि

भक्तपुर, जेठ १ : चाँगुनारायण नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका जीवन खत्रीले एक हजार १३७ मतसहित अग्रता लिएका छन्। उनको प्रतिस्पर्धी नेकपा (एमाले) को...
चाँगुनारायणमा कांग्रेस अगाडि

भक्तपुर, जेठ १ : चाँगुनारायण नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका जीवन खत्रीले एक हजार १३७ मतसहित अग्रता लिएका छन्। उनको प्रतिस्पर्धी नेकपा (एमाले) को बीणा बाँस्तोलाले हालसम्म १ हजार ५७ मत प्राप्त गरेका छन्। 

यस्तै उपप्रमुखतर्फ एमालेको रमेश बुढाथोकीले एक हजार १८२ मत र कांग्रेसकी सुभद्रा काफ्लेले एक हजार १०५ मत प्राप्त गरेका छन्। 

उक्त नगरको वडा १ मा कांग्रेसका सिजन कार्कीले १२ मतको अन्तरले एमालेका उम्मेदवारलाई हराउँदै कांग्रेसको प्यानल विजयी भएको छ।

कार्कीले एक हजार २२५ मत प्राप्त गर्नुभएको थियो भने उनका प्रतिद्वन्द्वी एमालेको ईश्वर थापाले एक हजार २१३ मत प्राप्त गरेका थिए।

 कांग्रेसबाट विजयी हुने वडा सदस्यमा गोविन्द श्रेष्ठ, श्रीकृष्ण श्रेष्ठ, महिलामा मुना गुरुङ र दलित पुर्जा बर्देवा छन्। 

प्रकाशित मिति: १३:४५ बजे, आइतबार, जेठ १, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्