सरावल गाउँपालिकामा एमाले अगाडि, वडा ७ मा माओवादी विजयी
काठमाडाैं, जेठ १ : नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सरावल गाउँपालिकामा एमालेको अग्रता निरन्तर छ।पछिल्लो पटक ५ हजार ९७७ मतगणना हुँदा एमालेका सुखाडीप्रसाद...
काठमाडाैं, जेठ १ : नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सरावल गाउँपालिकामा एमालेको अग्रता निरन्तर छ।
पछिल्लो पटक ५ हजार ९७७ मतगणना हुँदा एमालेका सुखाडीप्रसाद चौधरी २ हजार १४६ मतका साथ अग्रस्थानमा छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अनिलकुमार गाैडेले १ हजार २७५ मत प्राप्त गरेका छन्।
उपाध्यक्षमा एमालेकी बासमती हरिजन एक हजार ९१० मतका साथ अग्रस्थानमा छन् भने उनलाई नेपाली कांग्रेसकी उत्तमा रायले एक हजार ५४० मतले पछ्याइरहेका छन्।
प्राप्त मतपरिणामअनुसार वडा ७ मा माओवादी केन्द्र विजयी भएको छ। माओवादीका ह्यात खाँ धुनियाले ९२६ मत प्राप्त गरी दोस्रो पटक वडाध्यक्षमा निर्वाचित भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी एमालेका मनोहर यादवले ८६५ मत प्राप्त गरेका छन्।
वडा ७ को मतगणना सकिएको छ भने वडा १ र ६ को मतगणना जारी छ। सात वडा रहेको उक्त गाउँपालिकामा कूल मतदाता २५ हजार ९१२ रहेकामा २१ हजार २२ मत खसेको थियो।












