Kathmandu Press

सूर्यविनायकमा कांग्रेसको अग्रता, वडा १ मा एमाले विजयी

काठमाडाैं, जेठ १ : सूर्यविनायक नगरपालिका–१ मा नेकपा एमालेका सानुकाजी कायस्थ एक हजार ३१० मतले विजयी भएका छन्।उनका निकटम प्रतिद्वन्दी राप्रपाका शेखर थापाले...
सूर्यविनायकमा कांग्रेसको अग्रता, वडा १ मा एमाले विजयी

काठमाडाैं, जेठ १ : सूर्यविनायक नगरपालिका–१ मा नेकपा एमालेका सानुकाजी कायस्थ एक हजार ३१० मतले विजयी भएका छन्।

उनका निकटम प्रतिद्वन्दी राप्रपाका शेखर थापाले एक हजार १३० मत प्राप्त गरे। एमालेबाट वडा सदस्यमा मञ्जु कार्की, कुमार चौलागाईं र कल्पना परियार विजयी भएका छन्। वडा सदस्यमा कांग्रेसबाट घननाथ मिश्र विजयी भएका छन्।

उक्त नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका निशान ढुंगेलले एक हजार ६२६ मतले अग्रता लिएका छन् भने एमालेका वासुदेव थापाले एक हजार ३४८ मत प्राप्त गरेका छन्।

उपप्रमुखमा एमालेकै सरिता भट्टराईले एक हजार ३५१ मतले अग्रता कायम गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेकपा समाजवादीका श्यामसुन्दर बस्नेतले ८०७ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति: १३:१८ बजे, आइतबार, जेठ १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्