Kathmandu Press

सप्तरीको डाक्नेश्वरी २ मा पुनः मतदान

सप्तरीको डाक्नेश्वरी २ मा पुनः मतदान

सप्तरी, जेठ १ : सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ स्थित मतदानस्थलमा आज पुनःमतदान सुरु भएको छ।

मतदान अधिकृत विपिन यादवलाई मतदानका क्रममा शुक्रबार अर्थात् वैशाख ३० गते स्थानीयवासीले कुटपिट गर्नुका साथै मतपेटिका तोडफोड गरी मतपत्र च्यातेपछि स्थगित गरिएको निर्वाचन आज विहान ७ बजेबाट सुरु भएको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिए। 

Hardik ivf

अपाङ्गता भएको महिलाले रुचाएको चिह्नमा छाप लगाउन अह्राएकोभन्दा यादवले फरक चिह्नमा छाप लगाएको आरोपमा आक्रोशित समूहले उनलाई कुटपिट गरी मतपेटिका तोडफोड गरेपछि सर्वदलीय बैठकले मतदान स्थगित गरेको थियो। सोही बैठकको निर्णयअनुसार आज मतदान भइरहेको हो।

घटनापछि डाक्नेश्वरी-२ स्थित जनता मावि हरिराहामा रहेको दुईवटै मतदान केन्द्रको निर्वाचन स्थगित गरिएको थियो। डाक्नेश्वरी नगरमा १० वडा छन्।

प्रकाशित मिति: १२:५३ बजे, आइतबार, जेठ १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्