Kathmandu Press

बागलुङको ताराखोला गाउँपालिकामा गठबन्धनको प्यानलै विजयी

बागलुङको ताराखोला गाउँपालिकामा गठबन्धनको प्यानलै विजयी

बागलुङ, जेठ १ : बागलुङको ताराखोला गाउँपालिकामा गठबन्धका तर्फबाट माओवादी केन्द्रका धनबहादुर विक विजयी भएका छन्।

उनले २ हजार २ सय ८५ मत प्राप्त गर्दा उनका निकटतम  प्रतिद्वन्द्वी  स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीले २ हजार ९० मत प्राप्त गरे।  

Hardik ivf

उपाध्यक्षमा नेपाली कांग्रेसका भीमबहादुर रोकाले ३ हजार ४०३ मत प्राप्त गरेर विजयी हुनुभएको छ। उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी छममाया घर्तीले ५६१ मत प्राप्त गरिन्।

यस्तै पालिकाका पाँचवटै वडामा गठबन्धका उम्मेदवार विजयी भएका छन्।  वडा १ मा यम बहादुर श्रीस, २ मा भद्र घर्ती, ३ मा कर्णबहादुर भण्डारी, ४ मा जीतबहादुर खत्री र ५ मा मनबहादुर खत्री विजयी भएका छन्।

गाउँपालिकामा वडा सदस्यबाहेकको पदमा गठबन्धनको प्यानलै विजयी भएका हुन् ।

प्रकाशित मिति: १२:२८ बजे, आइतबार, जेठ १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्