Kathmandu Press

तनहुँका चार पालिकामा एमाले, तीनवटामा कांग्रेस र दुईवटामा माओवादीको अग्रता

तनहुँ, जेठ १ : स्थानीय तह निर्वाचनअन्तर्गत मतगणना जारी रहेको तनहुँको नौ पालिकामध्ये चार पालिकामा नेकपा (एमाले), तीन पालिकामा नेपाली कांग्रेस र दुई...
तनहुँका चार पालिकामा एमाले, तीनवटामा कांग्रेस र दुईवटामा माओवादीको अग्रता

तनहुँ, जेठ १ : स्थानीय तह निर्वाचनअन्तर्गत मतगणना जारी रहेको तनहुँको नौ पालिकामध्ये चार पालिकामा नेकपा (एमाले), तीन पालिकामा नेपाली कांग्रेस र दुई पालिकामा नेकपा (माओवादी केन्द्र) ले अग्रता लिएका छन्। 

गठबन्धनका तर्फबाट कांग्रेसले शुक्लागण्डकी नगरपालिकाको प्रमुख, भानु नगर प्रमुख, उपप्रमुख र ऋषिङ गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा अग्रता लिएको छ।

Hardik ivf

एमालेले म्याग्दे गाउँपालिकाको अध्यक्ष, भीमाद नगर प्रमुख, उपप्रमुख, देवघाट गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष, घिरिङ गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा अग्रता लिएको छ। 

यसैगरी माओवादी केन्द्रले बन्दीपुर गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष र आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा अग्रता लिइरहेको छ। 

व्यास नगरपालिकामा भने मतगणना सुरु भएको छैन। व्यास नगरपालिका–८ को दुई वटा मतदान केन्द्रमा जेठ ४ गते पुनः मतदान भएपछि मात्रै यहाँको मतगणना सुरु हुने जनाइएको छ। जिल्लामा हालसम्म ८५ वडामध्ये १२ वडाको नतिजा सार्वजनिक भइसकेको छ। 

प्रकाशित मिति: १२:१६ बजे, आइतबार, जेठ १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्