Kathmandu Press

कोञ्ज्येसोम गाउँपालिकामा एमालेको अग्रता

कोञ्ज्येसोम गाउँपालिकामा एमालेको अग्रता

ललितपुर, जेठ १ : कोञ्ज्येसोम गाउँपालिकाका नेकपा एमालेका कृष्णमान लामाको अग्रता कायम छ।

तामाङले एक हजार ५३३ मत प्राप्त गर्दा नेकपा (माओवादी केन्द्र) का गोपीलाल सिङतानले ९७५ मत प्राप्त गरेका छ।

उपाध्यक्षमा नेपाली कांग्रेसका राजनप्रसाद घिमिरेले एक हजार २०१ र नेकपा एमालेकी रणिता तामाङले एक हजार ६४ मत पाएका छन्। 

हालसम्म दुई वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ। वडा १ चौघरे अध्यक्षमा माओवादीका सन्तलाल तामाङ र वडा २ मा एमालेका रोहन लामा विजयी भएका छन्। हाल वडा ३ दलचोकीको गणना सुरु भएको छ। 

प्रकाशित मिति: १२:१० बजे, आइतबार, जेठ १, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्