नेपालगञ्ज उपमहानगरपालिकामा कांग्रेसको अग्रता
बाँके, जेठ १ : बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार प्रशान्त विष्टले अग्रतालाई कायम राखेका छन्।आइतबार बिहानसम्मको मतगणनाअनुसार, उनले ४१० मत...
बाँके, जेठ १ : बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार प्रशान्त विष्टले अग्रतालाई कायम राखेका छन्।
आइतबार बिहानसम्मको मतगणनाअनुसार, उनले ४१० मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले) का पशुपतिदयाल मिश्रले २३८ र राप्रपाका नन्दलाल वैश्यले २१२ मत प्राप्त गरेका छन्।
उपमेयरमा जनता समाजवादी पार्टी (जसपा) का कमरुद्दिन राईले ३०७, राप्रपाकी बिन्दु चर्तीमगरले २५९ र एमालेकी शान्ति ढकालले २२६ मत प्राप्त गरेकी छन्।
नेपालगञ्जमा अहिलेसम्म वडा नम्बर २३ को मात्र गणर्ना सम्पन्न भएको छ।
त्यस्तै, बाँकेको कोहलपुर नगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) को अग्रता कायमै छ। एक हजार मत गणना गर्दा माओवादीका उम्मेदवार नरेन्द्र न्यौपानेले ४४२ मत पाएका छन्।
एमालेका खिलप्रसाद भुसालले २७३ र कांग्रेसका पूर्ण आचार्यले २३० मत प्राप्त पाएका छन्।












