Kathmandu Press

गुल्मीदरवार गाउँपालिकामा कांग्रेसका उम्मेदवार विजयी

गुल्मी, जेठ १ : गुल्मीको गुल्मीदरवार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।आज बिहान सम्पन्न मतगणनामा अध्यक्षमा सरोज थापा र...
गुल्मीदरवार गाउँपालिकामा कांग्रेसका उम्मेदवार विजयी

गुल्मी, जेठ १ : गुल्मीको गुल्मीदरवार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

आज बिहान सम्पन्न मतगणनामा अध्यक्षमा सरोज थापा र उपाध्यक्षमा तारा थापा विजयी भएका हुन्। थापाले ६ हजार १६६ मत पाए भने उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार कृष्ण भुसालले पाँच हजार ६०२ मत पाए।

Hardik ivf

त्यस्तै, उपाध्यक्षमा कांग्रेसकी तारा थापाले ६ हजार १८८ मत पाएकी छन्। एमालेकी उम्मेदवार सुशिला पुनले पाँच हजार ५८९ मत पाइन्।

 

प्रकाशित मिति: ०७:४३ बजे, आइतबार, जेठ १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्