Kathmandu Press

गोली चलेको रुपनीमा जेठ २ गते पुनः मतदान हुने

सप्तरी, जेठ १ : मतदानका क्रममा हवाई फायरपछि रोकिएको सप्तरीको रुपनी गाउँपालिका–५ बसविट्टीको निर्वाचन जेठ २ गते हुने भएको छ।रुपनी गाउँपालिका–१ स्थित निर्वाचन...
गोली चलेको रुपनीमा जेठ २ गते पुनः मतदान हुने

सप्तरी, जेठ १ : मतदानका क्रममा हवाई फायरपछि रोकिएको सप्तरीको रुपनी गाउँपालिका–५ बसविट्टीको निर्वाचन जेठ २ गते हुने भएको छ।

रुपनी गाउँपालिका–१ स्थित निर्वाचन अधिकृतको कार्यालयमा बसेको सर्वदलीय बैठकले स्थगित मतदान जेठ २ गते बिहान ७ बजेदेखि गर्ने निर्णय भएको निर्वाचन अधिकृत कुमार मास्केले बताए।

निर्वाचन अधिकृत मास्केको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवाली, सप्तरीका प्रमुख जिल्ला अधिकारी जर्नादन गौतम, गणपति दुर्गाबहादुर थापा, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अविनारायण काफ्ले, सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खड्का, राष्ट्रिय अनुसन्धान कार्यालयका उपनिर्देशक नरेश साह, जिल्ला निर्वाचन अधिकारी रमेशकुमार जोशीसहित राजनीतिक दलका प्रतिनिधि र उम्मेदवारहरुको उपस्थिति रहेको थियो।

शुक्रबार अपराह्न सवा ४ बजे वर्षाले रोकिएको मतदान पुनः सञ्चालन भएको केहीबेरमा साँझ साढे ६ बजे दुई पक्षबीच झडपको स्थिति सृजना भएपछि उत्तेजित भीडलाई नियन्त्रण गर्न प्रहरीले पाँच राउन्ड हवाई फायर गरेको थियो। हवाई फायरले मतदाताहरु तितर बितर भएपछि शुक्रबार राति निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन स्थगित गरेको सूचना टाँस गरेको थियो।

प्रकाशित मिति: ०७:१३ बजे, आइतबार, जेठ १, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्