Kathmandu Press

व्यवसायीको गुनासो- सरकारले साना उद्योगलाई प्राथमिकता दिएन

काठमाडौं कात्तिक  ६ :  मुलुकमा औद्योगिक विकासको मुख्य माध्यम भनेकै लघु, घरेलु तथा साना उद्योग भएको भन्दै सरोकारवालाहरुले यस्ता उद्योगहर....

व्यवसायीको गुनासो- सरकारले साना उद्योगलाई प्राथमिकता दिएन

काठमाडौं कात्तिक  ६ :  मुलुकमा औद्योगिक विकासको मुख्य माध्यम भनेकै लघु, घरेलु तथा साना उद्योग भएको भन्दै सरोकारवालाहरुले यस्ता उद्योगहरुको प्रवद्र्घन गर्नुपर्नेमा जोड दिएका छन्। 

नेपाल घरेलु तथा साना उघोग महासंघले बुधबार काठमाडौंमा गरेको अन्तर्क्रिया कार्यक्रममा उनीहरुले सरकारले प्राथमिकता नदिएको आरोप समेत लगाएका हुन्। 

महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले अबका दिनमा देशको विकास गर्ने माध्यम भनेको लघु, घरेलु तथा साना उद्योग भएको बताउँदै उत्पादन, रोजगारी र कुल गार्हस्थ उत्पादनमा योगदानको हिसाबले यस्ता उद्योगको भूमिका उच्च रहने बताए। साना उद्योगको प्रवद्र्घन र विकासविना मुलुकको आर्थिक समृद्घि सम्भव नहुने उनको भनाइ थियो।
 
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले मन्त्रालयले साना उद्योगका क्षेत्रमा प्राथमिकताका साथ काम गर्ने भन्दै यस्ता उद्योगहरुबाट गुणस्तरीय र प्रतिस्पर्धी उत्पादन बजारमा आउनुपर्नेमा जोड दिए। पछिल्लो समय बढ्दो लागत र दोहोरो करबारे उद्योगीहरुको झेल्नु परेकोतर्फ ध्यानाकर्षण गर्दै उनले तीन तहमा कतै पनि दोहोरो करमा व्यवसायी परेमा ठोस प्रमाण सहित देखाइदिएमा समाधान गर्न सहज हुने बताए।  

श्रम रोजगार तथा सामाजिक सुरक्षा मनत्रालयका सचिव विनोद केसीले नेपालको मौलिक संस्कृति परम्परा र पहिचान बोकेका उत्पादन अन्तर्राष्ट्रिय मुलुकमा निर्यात गर्ने भएकाले यो क्षेत्रको विशेष महत्व रहेको बताए। 

प्रकाशित मिति: १६:३७ बजे, बुधबार, कात्तिक ६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्