Kathmandu Press

बुटवल–१ मा स्वतन्त्र उम्मेदवार विजयी, नगरप्रमुखमा पाण्डेकै अग्रता

रूपन्देही, बैशाख ३१ : स्थानीय तह निर्वाचनको मतगणनाअनुसार जिल्लाको एक मात्र उपमहानगरपालिका रहेको बुटवल वडा नं १ को वडाअध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार विजयी...
बुटवल–१ मा स्वतन्त्र उम्मेदवार विजयी, नगरप्रमुखमा पाण्डेकै अग्रता

रूपन्देही, बैशाख ३१ : स्थानीय तह निर्वाचनको मतगणनाअनुसार जिल्लाको एक मात्र उपमहानगरपालिका रहेको बुटवल वडा नं १ को वडाअध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन।

बुटवल उपमहानगर–१ बाट सुरु गरिएको उक्त वडाको अन्तिम परिणामअनुसार वडाअध्यक्ष पदका स्वतन्त्र उम्मेदवार नरेन्द्रकुमार बस्नेत ६३६ मत प्राप्त गरेर विजयी भएका हुन। उनका प्रतिद्वन्द्वी २०७४ को निर्वाचनमा नेकपा एमालेका तर्फबाट महेन्द्र लिङ्गलले ५५१ मत प्राप्त गरेका छन। वडाध्यक्षमा निर्वाचित बस्नेत २०७४ को निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार भएर पराजित भएका थिए।

Hardik ivf

यस्तै वडा नं १ को सदस्य पदमा भने नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन। उक्त वडाको महिला सदस्यमा नीलम गौतम, दलित महिला सदस्यमा प्रेमशिला धोबी, खुल्ला सदस्यमा अशोक राई र अदिल अहमद खान विजयी भएका हुन। वडा नं १ को मतगणना सकिँदा नगरप्रमुख पदमा भने नेपाली कांग्रेसका प्रत्याशी खेलराज पाण्डेले नै अग्रता कायम राखेका छन। शुक्रबार सम्पन्न मतदानमा जम्मा १९७४ मत खसेकामा यस वडाबाट पाण्डेले ८४३ प्राप्त गरे भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मृगेन्द्रकुमार शेरचनले ४१४ र नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराईले ३४० मत प्राप्त गरे।

यस्तै उपप्रमुख पदमा राप्रपाकै भगवती पाण्डेले ४५८, नेकपा एमालेकी सावित्रादेवी अर्यालले ४१९ र नेकपा समाजवादीका चिनबहादुर गुरुङले ३४९ मत प्राप्त गरेकाे निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।  

यस्तै जिल्लाको शुद्धोधन गाउँपालिका–१ मा जनता समाजवादी पार्टीको वडाअध्यक्ष पदका उम्मेदवार एक मतले विजयी भएका छन्। उक्त वडामा जसपाका उदयराज गडेरियाले कांग्रेसका उम्मेदवारलाई एक मतले पछि पारेर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उनले ९९२ मत पाउँदा प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारले ९९१ मत प्राप्त गरेका छन।

प्रकाशित मिति: २०:३९ बजे, शनिबार, वैशाख ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्