Kathmandu Press

मध्यविन्दुको मतगणना सुरु

नवलपुर, बैशाख ३१ : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाको मतगणना सुरु भएको छ। जिल्लाको सातवटा स्थानीय तहमा शुक्रबार रातिदेखि नै मतगणना सुरु भएको भए...
मध्यविन्दुको मतगणना सुरु
Hardik ivf

नवलपुर, बैशाख ३१ : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाको मतगणना सुरु भएको छ। जिल्लाको सातवटा स्थानीय तहमा शुक्रबार रातिदेखि नै मतगणना सुरु भएको भए पनि मध्यविन्दुमा भने आज साँझ ६ः३० बजेदेखि मतगणना सुरु भएको हो।

मतगणना गर्ने विषयमा बसेको सर्वदलीय बैठक कुनै निर्णय आउन सकेको छैन। दलले निर्णय लिन नसकेपछि मतगणना सुरु भएको मध्यविन्दु नगरपालिकाका निर्वाचन अधिकृत महेन्द्र पौडेलले जानकारी दिए। सदर गर्ने मत र बदर गर्ने मतको विषयमा सहमति जुटेपछि मध्यविन्दुको वडा नं १ बाट मतगणना सुरु गरिएको पौडेलले बताए। पन्ध्र वटा वडा रहेको मध्यविन्दु नगरपालिकाको मतगणना वडा नं १ मा सकिएपछि १५ को गर्ने र १५ को सकिएपछि २ को गर्ने गरी तयारी भएको पौडेलले बताए।

चौवालीस हजार ९६४ मतदाता रहेको मध्यविन्दु नगरपालिकामा ३२ हजार ८९३ मत खसेको थियो। मतगणना भइरहेको वडा नं १ मा दुई हजार २०८ मत खसेको जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्माले जानकारी दिए। मध्यविन्दु नगरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट नगरप्रमुखमा नेपाली कांग्रेसका सूर्य गुरुङ र नेकपा (एमाले)का तर्फबाट भीमलाल अधिकारी उम्मेदवार हुन।

प्रकाशित मिति: १९:५२ बजे, शनिबार, वैशाख ३१, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्