Kathmandu Press

बागलुङका चार पालिकामा मतगणना सुरु, दुईमा हुन सकेन

गलकाेट, बैशाख ३१ : बागलुङ नगरपालिकासहित चार पालिकामा मतगणना ढिलो गरी सुरु भएको छ। दश पालिकामध्ये तीन पालिकामा दिउँसोदेखि मत गणना सुरु भएको...
बागलुङका चार पालिकामा मतगणना सुरु, दुईमा हुन सकेन
Hardik ivf

गलकाेट, बैशाख ३१ : बागलुङ नगरपालिकासहित चार पालिकामा मतगणना ढिलो गरी सुरु भएको छ। दश पालिकामध्ये तीन पालिकामा दिउँसोदेखि मत गणना सुरु भएको छ। साँझदेखि चार पालिकामा मतगणना सुरु भएको छ।

बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, बरेङ गाउँपालिका, तमानखोला गाउँपालिका र काठेखोला गाउँपालिकामा मत गणना सुरु भएको छ। दिउँसो गलकोट नगरपालिका, ताराखोला गाउँपालिका, निसीखोला गाउँपालिकाका केही वडाको मत परिणाम आइसकेको तर बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकामा मत गणना हुन सकिरहेको छैन। ढोरपाटनमा सर्वदलीय बैठकमा नै झडप हुँदा दुई घाइते भएका छन् भने बडिगाडमा सर्वदलीय बैठकमा सहमति हुन सकेको छैन।

बागलुङ नगरपालिकामा ५ बजेदेखि मतगणना सुरु भएको छ। सर्वदलीय बैठकको निर्णयानुसार बागलुङ नगरपालिकाको मतगणना जिल्ला समन्वय समिति बागलुङको सभाहलमा सुरु भएको छ। मतगणनाको सुरुआत मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले गरेका थिए। चौध वडा रहेको बागलुङ नगरपालिकाको दुई स्थानमा मतगणना भइरहेको छ। अहिले बानपा–१ रामरेखा र बानपा–१४ नारायणस्थानको मतगणना भइरहेको छ। ४० हजार ११८ रहेको नगरपालिकामा २५ हजार ८४१ मत खसेको छ।

प्रकाशित मिति: १९:४८ बजे, शनिबार, वैशाख ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्