Kathmandu Press

टोखा नगरपालिकामा एमालेको अग्रता

काठमाडाैं, बैशाख ३१ : काठमाडौँको टोखा नगरपालिकामा नेकपा (एमाले)का उम्मेदवारले अग्रता लिएको छ। स्थानीय तहको शुक्रबार सम्पन्न मतदानको आज दुई हजार २५८ मतगणना...
टोखा नगरपालिकामा एमालेको अग्रता

काठमाडाैं, बैशाख ३१ : काठमाडौँको टोखा नगरपालिकामा नेकपा (एमाले)का उम्मेदवारले अग्रता लिएको छ। स्थानीय तहको शुक्रबार सम्पन्न मतदानको आज दुई हजार २५८ मतगणना हुँदा नेकपा (एमाले)का उम्मेदवार प्रकाश अधिकारीले ९३५ मतका साथ अग्रता लिएका छन।

उनी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी रजनी थापाले ८०१ मत प्राप्त गरेको टोखाका सहायक निर्वाचन अधिकृत अनिल जोशीले जानकारी दिए। यस्तै, उपप्रमुखमा पनि नेकपा (एमाले) कै उम्मेदवार ज्ञानमाया डङ्गोलले अग्रता लिएकी छन। डङ्गोलले ८७५ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार मुरारी तामाङले ८०३ मत प्राप्त गरेकाे जोशीले बताए।

यस्तै, माओवादी केन्द्रका प्रमुखका उम्मेदवारले १८५ र माओवादी केन्द्रकै उपप्रमुखको उम्मेदवारले २४१ मत प्राप्त गरेका छन। कूल ११ वडा रहेको टोखामा वडा नं १ र २ को मतगणना भइरहेको छ। उक्त नगरपालिकाको वडा नं १ मा झोर र २ मा टोखाको बजारक्षेत्र पर्दछ। कूल ३४ हजार ६७६ मतदाता रहेको टोखामा २५ हजार ५६० मत खसेको सहायक निर्वाचन अधिकृत जोशीले बताए।

प्रकाशित मिति: १९:१० बजे, शनिबार, वैशाख ३१, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्